तीन बुँदे सहमति कार्यान्वयन नभए फेरि विद्रोह हुन्छ : विप्लव — OSNepal

तीन बुँदे सहमति कार्यान्वयन नभए फेरि विद्रोह हुन्छ : विप्लव

LC (KTM) November 14, 2021 0

धनगढी । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफैंले गरेको तीन बुँदे सहमति कार्यान्वयनबाट सरकार पछि हट्न थालेको आरोप लगाएका छन् । तीन बुँदे सहमति भएको एक वर्षसम्म पनि कार्यान्वयन नभएको बताउँदै उनले सहमति कार्यान्वयन गर्न आनाकानी गरे फेरि विद्रोह हुने चेतावनी दिएका छन् ।

‘सहमति भएको एक वर्षसम्म पनि सरकार आफ्ना वाचा पूरा गर्न आनाकानी गरिरहेको छ,’ शनिबारदेखि धनगढीमा सुरु भएको दलित मुक्ति मोर्चा नेपालको पाँचौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै महासचिव विप्लवले भने, ‘सहमति कार्यान्वयन नगर्नु सरकारको कमजोरी हो । हामीलाई घेराबन्दी पार्न खोजे फेरि विद्रोह हुन सक्दछ ।’यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

उनले आफ्नो पार्टीसँग हतियार नभएको बताए । अहिले चौतर्फी रूपमा विप्लवसँग हतियार छ भन्ने आवाज उठ्न थालेको बताउँदै उनले आफ्नो पार्टीसँग कुनै हतियार नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर