एउटा गीतमा आइटम डान्स गरेबापत दीपिका पादुकोणले लिन्छिन् तीन करोड भारु — OSNepal

एउटा गीतमा आइटम डान्स गरेबापत दीपिका पादुकोणले लिन्छिन् तीन करोड भारु

LC (KTM) November 14, 2021 0

पछिल्लो समय नेपालमा आइटम नृत्यले गज्जब बजार लिएको छ । नेपाली फिल्म पासवर्डमा भारतीय चर्चित नायिका सन्नी लियोनीलाई ठूलो रकम तिरेर अभिनय गराइयो । चल्तिका नायिकाहरु प्रियंका, करिश्मा मानन्धर, नम्रता श्रेष्ठहरुलाई पनि राम्रो पारिश्रीमक दिएर आइटम गर्लका रुपमा उतारिँदै आएको छ । उनीहरुले आइटमबाट पनि राम्रो पारिश्रीमक लिँदै आएको स्रोत बताउँछ ।

नेपालमा सुन्दरीहरुले शानदार कमाइ गरररहँदा भारतका नर्तकीहरु कति लिन्छन् होला ? बलिउडका चल्तिका आइटम गर्लहरु सनी लियोनी, दिपीका पादुकोण, प्रियंका चोपडा, कट्रिना कैफ, ज्याकलिन फर्नान्डिसले आइटम नृत्यबाट पनि शानदार कमाई गर्दै आएको भारतीइ अनलाइन अमर उज्यालाले उल्लेख गरेको छ ।

जसमध्ये सर्वाधिक आम्दानी सनी लियोनीले लिँदै आएकी छिन् । उनले ४ देखि ५ करोड भारु पारिश्रीमक लिएको खबरले भाइरल रुप नै धारण गरेको थियो । उनले शाहरुख खान जस्ता सुपरस्टारको फिल्म रईसमा समेत आइटम डान्सको ५ करोड भारु लिएको बताइन्छ ।
त्यस्तै रणवीर सिंहकी पत्नि दीपिका पादुकोण पनि सर्वाधिक बढी पारिश्रमिक लिनेमध्येमा पर्छिन् । यि सुन्दरीले पारिश्रमिक तीन करोड भारु लिँदै आएको स्रोत बताउँछ । उनले आफ्ना नजिकका निर्माता, निर्देशक अथवा अभिनेताका लागि मात्र आइटम डान्स गर्ने गर्छिन् । त्यस्तै अमेरिकी गायक निक जोनसको प्रेममा परेर उनकै पतिन बनेकी प्रियंका चोपडाले ३ देखि ४ करोड भारु पारिश्रमिक लिने गरेकी छिन् । एउटा गीतमा आइटम डान्स गरेको तीनदेखि चार करोड भारु सम्म पारिश्रमिक लिने गरे पनि उनले पनि हत्तपत्त जो पायो उसको गीतमा भने काम नगर्ने बताउँछिन् ।

त्यस्तै नायिका सलमान खानले भित्र्याएका नायिकाद्धय ज्याकलिन फर्नान्डिस र क्याट्रिना कैफले समान दुई करोड भारु दिने गरेका छन् । फिल्म बागी९२ मा ज्याकलिन फर्नान्डिजले एक दो तीन बोलको आइटम गीतमा उनले २ करोड लिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर