बिजुलीको मूल्य प्रतियुनिट ३२ रुपैयाँसम्म — OSNepal

बिजुलीको मूल्य प्रतियुनिट ३२ रुपैयाँसम्म

LC (KTM) November 14, 2021 0

भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ ९भारू २०० सम्ममा विक्री भएको छ । गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको हो । बिहीवार साँझ भारतको ६ स् ३० बजेदेखि ६ स् ४५ सम्मको ब्लकमा नेपाली विद्युत् प्रतियुनिट भारू २० सम्ममा विक्री भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।
‘सबै विद्युत् २० भारूमा नै विक्री भएको भने होइन । मार्केटअनुसार फरकफरक दरमा विद्युत् विक्री भइरहेको हुन्छ,’ उनले भने, ‘त्यस क्रममा उक्त अवधिको बिजुली त्यस मूल्यमा विक्री भएको हो । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’

भारत सरकारको अनुमति पाएसँगै प्राधिकरणले गत कात्तिक १७ गतेयता निरन्तर त्यहाँको विद्युत् एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धीदरमा बिजुली विक्री गर्दै आएको छ । सामान्यतया प्राधिकरणले दैनिक औसतमा प्रतियुनिट भारू ३र४ मा बिजुली विक्री गर्दै आएको छ । भारतमा देखिएको ऊर्जा संकट र पिक आवरमा विद्युत्को मूल्य बढ्ने गरेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले कात्तिक १७ गतेयता आफ्नै स्वामित्वको २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय खुला बजारमा विक्री गर्दै आएको छ । प्राधिकरणले दिनमा १५र१५ मिनेटको ९६ ओटा ब्लकमार्फत विजुली बिक्री गर्छ । त्यसअनुसार विद्युत् एक्सचेन्ज मार्केटमा १५र१५ मिनेटमा नै बिजुलीको खरीदविक्री दर थपघट हुने गर्छ । त्यस क्रममा बिहीवार साँझ ६ स् ३० देखि ६ स् ४५ सम्मको ब्लकमा भारू २० मा नेपाली विद्युत् विक्री भएको हो ।यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

प्राधिकरणका अनुसार प्रत्येक ब्लकमा विद्युत्को खरीदविक्री दर फरकफरक वा एउटै पनि हुन सक्छ । भारू १ दशमलव ९९ मा पनि बिजुली विक्री हुने गरेको प्राधिकरणको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर