बक्स अफिसमा सय करोड भारुभन्दा धेरै व्यापार गरेको चलचित्र ‘सूयवंशी' नेटफ्लिक्सले किन्यो — OSNepal

बक्स अफिसमा सय करोड भारुभन्दा धेरै व्यापार गरेको चलचित्र ‘सूयवंशी’ नेटफ्लिक्सले किन्यो

LC (KTM) November 14, 2021 0

काठमाडौं । बक्स अफिसमा भर्खरै सय करोड भारुभन्दा धेरैको व्यापार गरेको बलिउड फिल्म ‘सूयवंशी’ ओटिटी माध्यम ‘नेटफ्लिक्स’ले किनेको छ । नेटफ्लिक्सले सय करोड रुपैयाँ भारु तिरेर फिल्म प्रसारणका लागि खरिद गरेको हो । गत साता प्रदर्शनमा आएको फिल्मले हालसम्म निकै सफल व्यापार गरिरहेको छ । भारतसँगै अन्य देशहरुमा पनि फिल्मको व्यापारसँगै दर्शकले कोरोना कालपछि फिल्म क्षेत्रप्रति देखाएको चासो पनि उल्लेख्य छ । सूर्यवंशी प्रदर्शनमा आएपछि भारतसँगै नेपालमा पनि फिल्म क्षेत्र चलायमान बन्न थालेको छ ।

यसबीच नेटफ्लिक्समार्फत् ओटिटीमा प्रसारण गर्नका लागि फिल्मलाई सय करोड भारु तिरेर किनिएको छ । भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार फिल्म नेटफ्लिक्समा डिसेम्बर पहिलो सातादेखि प्रसारण हुनेछ । बलिउड निर्देशक सुनिल शेट्टीको निर्देशनमा सौर्य दैनिकमा खबर छ । बनेको फिल्म ‘सूर्यवंशी’ उनले निर्माण गरिरहेको ‘कप युनिभर्स’ अन्तर्गतको पछिल्लो फिल्म हो। फिल्ममा मुख्य भूमिकामा अक्षय कुमार र केट्रिना कैफले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर