बेल्जियम र फ्रान्स विश्वकपमा छनोट — OSNepal

बेल्जियम र फ्रान्स विश्वकपमा छनोट

LC (KTM) November 14, 2021 0

काठमाडौं, २८ कात्तिक – विश्व विजेता फ्रान्स र बेल्जियम कतार विश्वकपमा लागि छनोट भएका छन् । शनिबार भएको फरक खेलमा विजयी हुँदै सन् २०१८ को विश्वविजेता फ्रान्स र बेल्जियम सन् २०२२ कतार विश्वकपका लागि छनोट भएका हुन् ।

समूह ‘डी’ को खेलमा युवा अट्याकर केलियन एम्बाप्पेको ह्याट्रिक मद्धतमा फ्रान्सले काजखस्तालाई ८-० को भारी गोल अन्तरले पराजित गर्‍याे । एकोहोरो गोल गर्ने क्रममा फ्रान्सले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा थप ५ गोल गरेको थियो ।

फ्रान्सको जितमा केलिएन एम्बाप्पेले ४ गोल गरे । उनले खेलको ६, १२, ३२ र ८७ मिनेटमा गोल गरे । यस्तै करिम बेन्जेमाले २ गोल गरे । बेन्जेमाले खेलको ५५ र ५९ मिनेटमा गोल गरेका थिए ।

यस्तै एड्रियन रविओटले खेलको ७५ मिनेटमा गोलगर्दा एन्टोनियो ग्रिजम्यानले खेलको ८४ मिनेटमा पेनाल्टीमा गोल गरे । समूह ‘डी’कै अर्काे खेलमा फिनल्याण्डले बोस्निया हर्जगोभिनालाई ३–१ गोल अन्तरले पराजित गर्‍याे ।

सातौं चरणको खेल समाप्तीसँगै फ्रान्सले ४ जित, ३ बराबर खेल्दै १५ अंक बनाएर विश्वकपमा स्थान पक्का गरेको हो । समूह ‘डी’ मा ११ अंक बनाएको फिनल्याण्ड दोस्रो स्थानमा छ । ९ अंकको युक्रेन तेस्रो स्थानमा रहँदा ७ अंकको बोस्निया हर्जगोभिना चौथो स्थानमा छ भने काजखस्तान ३ अंकसहित पाँचौ स्थानमा छ ।

समूह ‘ई’ को खेलमा बेल्जियमले ५ अंकको अग्रता राख्दै विश्वकपमा छनोट भयो । शनिबार राति घरेलु मैदानमा बेल्जियमले इस्टोनियालाई ३–१ गोल अन्तरले पराजित गर्‍याे । पहिलो हाफमा १ गोल गरेको बेल्जियमले दोस्रो हाफमा २ गोल गर्दा १ गोल ब्यहोरेको थियो ।

बेल्जियमको जितमा क्रिष्टियन बेन्टेके, यान्निक कारास्को र थोर्गन हाजार्डले समान एक एक गोल गरे । इस्टोनियाको लागि एरिक सोर्गले सान्त्वना गोल गरे ।

समूह ‘ई’ कै अर्काे खेलमा वेल्सले बेलारुसलाई ५–१ गोल अन्तरले पराजित गर्याे । वेल्सलको जितमा आरोन राम्सेले दुई गोल गरे । यस्तै निको विलियम्स, बेन डेभियस र कनर रोबर्टस्ले एक एक गोल गरे । बेलारुसका अर्टम कोन्टनेभोजले एक सान्त्वना गोल गरे ।

जितसँगै समूह ‘ई’ बाट ७ खेलमा अपराजित रहँदै १९ अंक बनाएको बेल्जियम शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान बनाएको छ । १४ अंक बनाएको वेल्स दोस्रो स्थानमा रहँद चेक रिपब्लिक ११ अंकसहित तेस्रो स्थानमा छ भने एस्टोयिना चौथो स्थानमा रहँदा बेलारुस पाँचौ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर