विश्व इतिहासमा आजः नासाको म्यारिनर यान मंगल ग्रहको कक्षमा प्रवेशदेखि बेलायतका राजकुमार चाल्र्सको जन्म — OSNepal

विश्व इतिहासमा आजः नासाको म्यारिनर यान मंगल ग्रहको कक्षमा प्रवेशदेखि बेलायतका राजकुमार चाल्र्सको जन्म

LC (KTM) November 14, 2021 0

आज १४ नोभेम्बर । आज विश्व इतिहासमा केही वैज्ञानिक र राजनीतिक घटनाक्रम विकसित भएका थिए । त्यस्तै, केही साहसिला र रमाईला घटना पनि आज नै भएका थिए । प्रस्तुत छ इतिहासम आज भएका केही रमाइला घटनाः

नासाको म्यारिनर यान मंगल ग्रहको कक्षमा
नासाको म्यारिनर–९ यान आज मंगल ग्रहको कक्षमा पुगेको थियो । अन्तरिक्षमा १६७ दिन बिताएपछि सो यान सन् १९७१ को १४ नोभेम्बरमा मंगल ग्रहको कक्षमा पुगेको थियो । यान मंगलको कक्षभित्र १५ मिनेटसम्म रहेको थियो । ग्रहभित्रको प्रदूषणका कारण म्यारिनले त्यहाँबाट तस्विर खिचेर पृथ्वीमा पठाउन सकेको थिएन् ।

अमेरिकी पत्रकारको विश्व भ्रमण
८० दिनमा विश्व भ्रमण पूरा गर्ने लक्ष्य राखेकी अमेरिकी पत्रकार निली ब्लाईले सन् १८८९ को १४ नोभेम्बरमा होबोकेनबाट आफ्नो यात्रा सुरु गरेकी थिइन् । उनले ७२ दिनमै आफ्नो यात्रा पूरा गरेर रेकर्ड बनाएकी थिइन् ।

बेलायतका राजकुमार चाल्र्सको जन्म
बेलायती राजतन्त्रका उत्तराधिकारी तथा बेलायतकी महारानी द्वितीय र ड्युक अफ इडनवर्ग प्रिन्स फिलिपका छोरा प्रिन्स चाल्र्सको जन्म आजकै दिन अर्थात सन् १९४८ को १४ नोभेम्बरमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर