OSNepal मंगलबार, मंसिर १४ २०७८

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशनको कार्यतालिका अनुमाेदन हुने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशनको कार्यतालिका अनुमाेदन हुने

  • OSNepal
  • आइतबार, कार्तिक २८ २०७८


कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशनको कार्यतालिका अनुमाेदन हुने
Reading Time: < 1 minute

काठमाडौं, २८ कात्तिक – सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले पार्टीको आसन्न १४औँ महाधिवेशनको कार्यतालिका अनुमोदन गर्नेछ । शनिबारको पदाधिकारी बैठकले कार्यतालिका तय गरेको थियो । कांग्रेसको महाधिवेशन २४ देखि २६ मंसिरका लागि काठमाडौंमा तय भइसकेको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको सहभागिता रहनेछ ।

आजको बैठकमा भातृ संस्थाबाट हुने प्रतिनिधित्व र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधित्वलगायत विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड