बारका अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीलाई भने- बिचौलिया प्रवेश गराएर हाम्रो आन्दोलनलाई असफल पार्ने चेष्टा नगर्नुस् — OSNepal

बारका अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीलाई भने- बिचौलिया प्रवेश गराएर हाम्रो आन्दोलनलाई असफल पार्ने चेष्टा नगर्नुस्

LC (KTM) November 14, 2021 0

काठमाडौं कात्तिक २८ । आज आइतबार सर्वोच्च परिसरमा भएको विरोध कार्यक्रममा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई आफ्ना विचौलियाहरूलाई नियन्त्रणमा राख्न आग्रह गरेका छन् ।

सर्वोच्चको भित्रपट्टीबाट मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो आग्रह गरेका हुन् ।

प्रधानन्यायाधीशले आन्दोलनलाई असफल बनाउन विचौलियाहरुको घुसपैठ गराएको भन्दै उनले विरोध कार्यक्रमलाई सम्बोधन अगाडी भने ,‘तपाईंका बिचौलिया नियन्त्रणमा राख्नुस् । घुसपैठ गराएर आन्दोलनलाई असफल पार्ने चेष्टा नगर्नुस् ।’

गत शुक्रबार प्रधानन्यायाधीशको राजीनामाको विरोधमा जवराको पक्षमा केहि कानुन व्यावसायीले आन्दोलन गरेका थिए ।

गत कात्तिक १४ गते देखि जारी विरोध प्रर्शदन आजबाट भने देशभरका अदालत तिन दिन बन्द हुने बारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर