OSNepal मंगलबार, मंसिर १४ २०७८

सर्वोच्च प्रशासनले एकाएक किन अदालतबाट हटायो सशस्त्र प्रहरी

सर्वोच्च प्रशासनले एकाएक किन अदालतबाट हटायो सशस्त्र प्रहरी

  • OSNepal
  • आइतबार, कार्तिक २८ २०७८


सर्वोच्च प्रशासनले एकाएक किन अदालतबाट हटायो सशस्त्र प्रहरी
Reading Time: < 1 minute

काठमाडौं, २८ कात्तिक-कानुन व्यवसायीहरूको आन्दोलन दबाउन शुक्रबार सशस्त्र प्रहरी परिचालन गरेको सर्वोच्च अदालत प्रशासन आइतबार त्यसबाट पछि हटेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीलाई आइतबार प्रहरीले सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न दिएको छ ।

शुक्रबार खटाइएको सशस्त्र प्रहरी पनि हटाइएको छ । तर, प्रहरीले नेपाल बारका पदाधिकारीहरूले सम्बाेधन गर्न लाग्दा माइक खोस्न खोजेका छन् भने कानुन व्यवसायीहरू चर्को नाराबाजी गरिरहेका छन् ।

कानुन व्यवसायीको धर्नाका कारण प्रधानन्यायाधीश जबरा भने अदालत प्रवेश गरेका छैनन् । उनले निवासबाटै आज (आइतबार)का लागि मुद्दाको पेसी तोकेका छन् ।

धर्ना कार्यक्रममा बोल्दै नेपाल बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठ र महासचिव लिलामणि पौडेलले राजीनामा नदिएसम्म धर्ना दिन नछाड्ने बताए ।उनीहरूले शुक्रवार भएको प्रहरी दमनको चर्को स्वरमा निन्दा गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड