मनकामना स्मार्ट लघुवित्तको खुद नाफा ७३ प्रतिशत बढ्यो — OSNepal

मनकामना स्मार्ट लघुवित्तको खुद नाफा ७३ प्रतिशत बढ्यो

LC (KTM) November 14, 2021 0

काठमाडौं, २८ काठमाडौं-मनकामना स्मार्ट लघुवित्तले चालु आर्थिक वर्षको खुद नाफा ७३ दशमलव ९७ प्रतिशतले बढेर ४७ लाख ११ हजार रुपैयाँ पुगेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमाससम्म आइपुग्दा मनकामना स्मार्ट लघुवित्तको खुद नाफा ७३ दशमलव ९७ प्रतिशतले बढेर ४७ लाख ११ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको साेही अवधिमा कम्पनीले २७ करोड आठ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्को खुद ब्याज आम्दानी ४८ दशमलव ३७ प्रतिशतले बढेर एक करोड ९४ लाख १० हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको साेही अवधिमा लघुवित्तले एक करोड ३० लाख ८२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । असोज मसान्तसम्मा कम्पनीको सञ्चालन आम्दानीमा भने नोक्सान भएको छ । यसअवधिमा कम्पनी ५० लाख १२ हजार रुपैयाँ सञ्चालन नोक्सानमा छ ।लघुवित्तको खराब कर्जा तीन दशमलव ७३ प्रतिशतले बढेर नौ दशमलव ३३ प्रतिशत पुगेको छ । त्यस्तै, लघुवित्तको आम्दानी १५ रुपैयाँ ५५ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ०५ पैसा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर