आज फेरी बढ्यो सुनको मूल्य, हेर्नुहोस कति पुग्यो तोलामा — OSNepal

आज फेरी बढ्यो सुनको मूल्य, हेर्नुहोस कति पुग्यो तोलामा

LC (KTM) November 14, 2021 0

काठमाडौँ, २८ कात्तिक -नेपालको सुनचाँदी बजारमा केही दिन अघिदेखि लगातार बढिरहेको छापावाल सुनको मूल्य आज पनि प्रतितोला रु २०० ले उकालो लागेर रु ९४ हजार ६०० कायम भएको छ । पहेँलो धातु गत शुक्रबार प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार १०० छ । अघिल्लो दिन प्रतितोला रु ९३ हजार ९०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य शुक्रबारका तुलनामा रु १० ले उकालो लागेर एक हजार २९५ कायम भएको छ । चाँदी शुक्रबार प्रतितोला रु एक हजार २८५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८६४ डलर आसपासमा कारोबार भइरहेको छ ।

सुनको कोटा बढाउन व्यवसायीको माग -महासङ्घले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै आपूर्ति व्यवस्था बढाउन राष्ट्र बैंकसँग आग्रह गरेको महासङ्घका अध्यक्ष शाक्यले जानकारी दिनुभयो । हाल वाणिज्य बैंकमार्फत सुनको आपूर्ति हुँदै आएकोमा त्यसलाई व्यवस्थित र प्रभावकारी वनाउन ‘गोल्ड बैंक’मार्फत आपूर्ति व्यवस्था मिलाउनुपर्ने तथा सुनको वितरण काठमाडौँ केन्द्रित रहेकोले त्यसलाई विकेन्द्रित गर्दै तोकिएका नाकाबाट कच्चा सुन पाउने व्यवस्था मिलाउनुपर्नेमा अध्यक्ष शाक्यले जोड दिनुभएको छ । हाल राष्ट्रबैंकले सुनको दैनिक कोटा २० किलो रहने व्यवस्था गरेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर