माधवकुमार नेपाल सँगै बसेर खाना खाएका द्वारिकलाल चौधरी एकीकृत समाजवादी गएको हल्ला बाहिर आएपछि यस्तो भने — OSNepal

माधवकुमार नेपाल सँगै बसेर खाना खाएका द्वारिकलाल चौधरी एकीकृत समाजवादी गएको हल्ला बाहिर आएपछि यस्तो भने

LC (KTM) November 14, 2021 0

सुनसरी, २८ कात्तिक- इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफू नेकपा एमालेमै रहेको प्रष्टीकरण दिएका छन् । गत शुक्रबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूसँग बसेर खाना आएको तस्बिर सार्वजनिक भएपछि उनले आइतबार सो प्रष्टीकरण दिएका हुन् ।

इटहरीमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले आफू अहिले पनि एमालेमै रहेको र नेकपा (एस)मा नगाएको बताएका हुन् । ‘माधव नेपाल मकहाँ आउनु भयो । मैले खाना खुवाएको हुँ’, उनले चौधरीले भने, ‘खाना खाएर माधव नेपाल फर्कनुभयो । म नेकपा (एस)मा गएको हल्ला गलत हो । अहिले पनि एमालेमै छु ।’

गत शुक्रबार चौधरीलाई भेट्न मुख्यमन्त्री राजेन्द्र राईसहित अध्यक्ष नेपाल चौधरीकै निवास पुगेका थिए । चौधरी एमालेबाट मेयरमा निर्वाचित भएका नेता हुन् ।

तर, माधव नेपालसहित नेकपा (एस)का नेताहरूसँग बसेर खाना खाएको तस्बिर सार्वजनिक भएपछि उनले एमाले छाडेको अनुमान गरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर