बलात्कार पछि फरार रहेका २१ वर्षीय चन्द्रबहादुर र सुरेश पक्राउ — OSNepal

बलात्कार पछि फरार रहेका २१ वर्षीय चन्द्रबहादुर र सुरेश पक्राउ

LC (KTM) November 14, 2021 0

गुल्मी २८ कात्तिक । १७ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–१ घर भएका २१ वर्षीय चन्द्रबहादुर थापा रहेका छन् ।

निजलाई कपिलवस्तुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । निज २०७७ साल पौष २३ गते निज गुल्मीको चन्द्रकोट गाउँपालिकाकी ति किशोरीलाई बलात्कार गरी फरार रहेका थिए ।

त्यसैगरी , अर्का एकजना फरार बलात्कारीलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीको मुसिकोट नगरपालिका–८ वामी घर भएका ४६ वर्षका चन्द्रे सार्की उर्फ सुरेश रहेका छन् ।

निज गएको भदौमा ३१ वर्षीया महिलालाई बलात्कारी गरी भागेका थिए । उनलाई मुसिकोट नगरपालिकाबाट पक्राउ प गरिएको हो ।

दुवै उपर म्याद लिएर थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर