गोप्य सुचनाको आधारमा थापाथली बस्ने जितेन्द्रको डेरामा प्रहरीले भट्यो यस्तो हतियार — OSNepal

गोप्य सुचनाको आधारमा थापाथली बस्ने जितेन्द्रको डेरामा प्रहरीले भट्यो यस्तो हतियार

LC (KTM) November 14, 2021 0
nepal police

काठमाडौँ २८ कात्तिक । एक थान एयर गन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-११ थापाथली डेरा गरी बस्ने कैलाली घर भएका २१ वर्षीय जितेन्द्र नाथ रहेका छन् ।

जितेन्द्रले आफ्नो कोठामा     अवैध हात हतियार   लुकाई राखेको गोप्य सुचनाको आधारमा     पुगेको  महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले  निजको कोठा खनतलासी गर्दा  उक्त   हतियार  फेला  परेको   हो ।

उनलाई शनिबार साँझ पक्राउ गरिएको हो । यस विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर