हुँइकिँदै आएको मोटरसाइकल स्वास्थ्य चौकी भवनमा ठोक्किँदा दुई जनाको मृत्यु एकको उपचार हुँदै — OSNepal

हुँइकिँदै आएको मोटरसाइकल स्वास्थ्य चौकी भवनमा ठोक्किँदा दुई जनाको मृत्यु एकको उपचार हुँदै

LC (KTM) November 14, 2021 0

काठमाडौं २८ कात्तिक । वारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोल्हबी न.पा.१ कोल्हबी टोल बस्ने २० वर्षीय सागर चौधरी र १९ वर्षीय सुशील चौधरी रहेका छन् ।

ना.४२प ८०२३ न.को मोटरसाइकलमा सवार तिन जना कोल्हबीबाट श्रीपुरतर्फ जाँदै गर्दा अचानक मोटरसाइकल अनियन्त्रित भई स्वास्थ्य चौकी भवनमा ठोक्किन पुगेको थियो ।

दुर्घटनामा गम्भिर घाइते भएका तिनै जनाको वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहँदा टाउकोमा चोट लागेका सागर र सुशीलको मृत्यु भएको र अर्का कोल्हवी-९ बस्ने २० वर्षीय अशोक चौधरीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर