काठमाडौंस्थित चाबहिलबाट शनिबार राति मोटो रकमसहित आठ जुवाडे पक्राउ — OSNepal

काठमाडौंस्थित चाबहिलबाट शनिबार राति मोटो रकमसहित आठ जुवाडे पक्राउ

LC (KTM) November 14, 2021 0

काठमाडौँ २८ कात्तिक । तास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

शनिबार राति काठमाडौं महानगरपालिका-७ गंगाहिटी चाबहिलस्थित टहरोमा पाँचथर घर भएका ३७ वर्षीय सुजन लिम्बुले संचालन गरेको खुकुरी सेकुवा कर्नर, रेष्टुरेन्ट तथा खाजा घरमा तास खेलिरहेको अवस्थामा सुजन लगायत ८ जनालाई महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले नगद १ लाख १८ हजार २ सय २० रुपैयाँ र ३ बुक तास समेत बरामत गरेको छ । यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर