विद्युतीय सामानको प्रयोग बढाउन ऊर्जा मन्त्री भुसालको आग्रह — OSNepal

विद्युतीय सामानको प्रयोग बढाउन ऊर्जा मन्त्री भुसालको आग्रह

LC (KTM) November 14, 2021 0

काठमाडौं २८ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय सामानको प्रयोग बढाउन आग्रह गरेकी छन् । आइतबार सामुदायिक रेडियो प्रसारक नेपाल संघ (अकोराव) ले आयोजना गरेको ‘विपद् र सामुदायिक रेडियो अन्तरक्रिया’ कार्यक्रममा बोल्दै मन्त्री भुसालले विद्युतीय सामानको प्रयोग बढाउनुपर्ने बताएकी हुन् ।

विद्युत महसुल समायोजन भएपछि विद्युत् शुल्क कम पर्ने भएकाले विद्युतीय सामान, सवारी साधनको प्रयोग गर्न सुझाव दिएकी हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै उनले भनिन् ,’हाम्रोमा विद्युत्को दर महँगो छ । सामान्य अर्थशास्त्रअनुसार जति धेरै उत्पादन हुन्छ, लागत मूल्य कम हुन्छ । उपभोक्ताका रूपमा मेलै गरेको अनुभव जति खपत बढी भयो दर कम हुनुपर्ने हो तर यहाँ त्यस्तो छैन,’ उनले भनिन्, ‘विद्युत्को दरमा पुनर्विचार गरेर विद्युत् महसुल समायोजन गर्न लागिएको हो ।’

जनतालाई गरीबीबाट उन्मुक्ति दिलाउनु नै पहिलो आफ्नो सपना भएको बताएकी उनले मंसिर १ गतेबाट विधुत् महसुल समायोजन प्रक्रिया लागू हुने बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर