भारतीय सेना प्रमुख इजरायलको पाँच दिने भ्रमणमा — OSNepal

भारतीय सेना प्रमुख इजरायलको पाँच दिने भ्रमणमा

LC (KTM) November 14, 2021 0

नयाँ दिल्ली २८ कात्तिक- भारतका सेना प्रमुख एमएम नाराभाने आइतबार इजरायल प्रस्थान गर्नु भएको थियो । दुई देशका बीचमा सहकार्य र सम्वन्ध थप बढाउने नै भ्रमणको मुख्य उद्धेश्य रहेको भारतीय सेनाले जनाएको छ ।

“भावी रणनीतिक सहकार्य र योजनाका लागि दुई देशका बीचमा छलफल गर्न सेना प्रमुख जान लाग्नु भएको हो,” सेनाको आधिकारीक ट्वीटर हेन्डलमा लेखिएको छ । भारतका विदेश मन्त्री एस जयशंकर र रक्षा सचिव अजय कुमारले इजरायलले भ्रमण गरेको एक हप्तापछि सेना प्रमुखले भ्रमण गर्नु भएको हो ।रणनीतिक हिसावले महत्व राख्ने दुई देशका सेनाको सम्वन्ध विस्तारका लागि सुरु भएको उहाँको पाँच दिने भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर