एकलौटी निणर्य गरेको भन्दै १२ जनाले छाडे विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रको साथ — OSNepal

एकलौटी निणर्य गरेको भन्दै १२ जनाले छाडे विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रको साथ

LC (KTM) November 14, 2021 0

काठमाडौं २८ कात्तिक । एकलौटी निर्णय गरेको भन्दै १२ जनाले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको साथ छोडेका छन् । उनीहरुले आइतबार संयुत्त, वक्तव्य जारी पार्टीको पदीय जिम्मेवारी र सामान्य सदस्यतासमेत त्यागेको जानकारी गराएका छन् ।

अध्यक्ष मिश्रको एकलौटी निर्णय र अरुलाई नटेरी गलत निणर्य लिएको कदमले देशको अवस्था परिवर्तन गर्ने सपना साँचेर वैकल्पिक राजनीतिमा लागेका युवाहरूको घोर अपमान भएको वक्तव्यमा उल्लेख गरिएको छ ।

‘एकता महाधिवेशन छाडेर अनावश्यक र पार्टीको लाइनविपरीतका मुद्दाहरूलाई बहसमा ल्याएर पार्टी अध्यक्षले वैकल्पिक राजनीतिको गलत व्याख्या गरेको हाम्रो बुझाइ हो ‘ वक्तव्यमा भनिएको छ ।

जारी गरिएको संयुक्त वक्तव्यमा केन्द्रीय सदस्य दीपक पौडेल र प्रकाश आचार्य, युवा संगठनका केन्द्रीय सदस्यहरु मनिषा मगर र महेन्द्र आचार्य तथा गण्डकी प्रदेश सदस्यहरु अशोक खड्का, सुदीप ओझालगायको नाम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर