OSNepal सोमबार, मंसिर २० २०७८

मुस्ताङको मानापाथी हिमालबाट हिउँ पहिरो खस्दा दुई जना घाईते

मुस्ताङको मानापाथी हिमालबाट हिउँ पहिरो खस्दा दुई जना घाईते

  • OSNepal
  • आइतबार, कार्तिक २८ २०७८


मुस्ताङको मानापाथी हिमालबाट हिउँ पहिरो खस्दा दुई जना घाईते
Reading Time: < 1 minute

पोखरा, २८ कात्तिक-मुस्ताङको टुकुचे अर्थात मानापाथी हिमालबाट हिउँ पहिरो खस्दा कोबाङका दुई जनाको खुट्टा भाँचिएको छ । करिब ३० मिनेटसम्म झरेको पहिरोका कारण डराएर स्थानीयले भागदौड मच्याएका थिए । कोवाङ, लार्जुङ र नाउरीकोट क्षेत्रमा स्थानीय डरले भागेका थिए । भागदौडका क्रममा स्थानीय जनआर्दश अमरसिंह माविका शिक्षक र विद्यार्थीको खुट्टामा चोट लागेको हो ।

पठनपाठन चलिरहेका बेला पहिरो खसेपछि उनीहरू कक्षाकाेठा छोडेर भागेका हुन् । पहिरोको जोखिम अझै कायम रहेकोले नजिकका घरमा बसिरहेका नागरिकहरुलाई सुरक्षित ठाउँमा सारिएको छ । विद्यार्थीलाई समेत अन्तै लगिएको मुस्ताङ प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङको टोली घटनास्थल पुगिसकेको छ । केही वर्षअघि पनि हिउँ पहिरोका कारण त्यहाँ धनजनको क्षति भएको थियो । यो वर्ष मानवीय अन्य क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड