जाडो मौसममा यसरी बनाएर खानुहोस खाउ खाउ लाग्ने स्वादिलो भेजिटेबल मिक्स सुप — OSNepal

जाडो मौसममा यसरी बनाएर खानुहोस खाउ खाउ लाग्ने स्वादिलो भेजिटेबल मिक्स सुप

LC (KTM) November 14, 2021 0

काठमाडौं । चिसो वातावरणमात्रै होइन अरु बेला पनि कतिपयलाई सुप मन पर्छ । विरामीहरुलाई पनि भेजिटेबल सुप बनाएर खुवाउने गरिन्छ ।

सुप स्वास्थ्यका लागि फाइदाजनक छ । चिसोबाट लागेका रोग तथा शरीरमा तत्काल तागतको आवश्यक पर्दा पनि सुप खाँदा फाइदा पुग्छ । सुप बनाउन च्याउ, गाजर, काउली, क्याप्सिकम, प्याज, अदुवा, लसुन, मक्खन, अजिनोमोटो, नुन, हट एन्ड स्विट सस, हरियो धनियाँ र मैदा एक चम्चा आवश्यक पर्छ ।
बनाउने विधि

सानो सानो टुक्रा बनाएर काटेको च्याउ, गाजर, काउली, क्याप्सिकम, प्याजलाई मक्खनमा राखेर मधुरो आँचमा पकाउने। प्याज रातो भएपछि लसुन, अदुवाको पेस्ट हालेर दुई मिनेट जति पकाउने। नुन, खुर्सानी, अजिनोमोटो र स्वाद अनुसारका अन्य मसला पनि प्रयोग गर्न सकिन्छ।

एक चम्चा मैदा हालेर एकछिन पकाएपछि चाहिने मात्रामा पानी हालेर सुप उमाल्ने। सानो आँचमा दुई मिनेट जति पकाएमा सुप तयार मात्रै होइन मीठो पनि हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर