एमाले महाधिवेशनः रुपन्देहीका तीन क्षेत्रबाट प्रतिनिधि छानिए, दुुई क्षेत्रमा मतगणना जारी — OSNepal

एमाले महाधिवेशनः रुपन्देहीका तीन क्षेत्रबाट प्रतिनिधि छानिए, दुुई क्षेत्रमा मतगणना जारी

LC (KTM) November 14, 2021 0

बुटवल, २८ कात्तिक-नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन अन्तर्गत रुपन्देहीका तीनवटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि छानिएका छन् । जसअन्तर्गत क्षेत्र नम्वर १ मा निर्वाचनबाट प्रतिनिधि चुनिएका छन् भने बाँकीमा सर्वसम्मत भएको छ । क्षेत्र नम्वर १ मा महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा खुलातर्फ यज्ञ गैरे, धुव्र खरेल, डा. कृष्ण न्यौपाने र ऋषिराम सापकोटा, महिलातर्फ जगेश्वरदेवी चौधरी र बिद्यालक्ष्मी गुरुङ चुनिएका छन् ।

क्षेत्र नम्वर २ मा भने सर्वसम्वत प्रतिनिधि चयन भएका छन् । जसअन्तर्गत खुलातर्फ शिवराज सुवेदी, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, वासुदेव घिमिरे र चित्रबहादुर कार्की, मोहन चापागाइँ, बाबुराम भट्टराई, गोपाल राना र बलबहादुर आचार्य, महिलातर्फ सावित्रा अर्याल, गोमादेवी आचार्य र ज्ञानु केसी महाधिवेशन प्रतिनिधि छानिएका हुन् ।क्षेत्र नम्वर ५ मा खुलातर्फ भूमिलाल सापकोटा, रामचन्द्र यादव, जिवलाल पाण्डे र शिव पौडेल, महिलातर्फ कल्पना हरिजन, दलित खुलामा जोगलाल बिक, सुरेन्द्र श्री, महिलामा कमला बिक रहेका छन् ।

यस्तै, लुम्विनी प्रदेश मजदुरतर्फ कमल गौतम, हरिबहादुर कार्की, हुमाकान्त काफ्ले, पूर्णबहादुर केसी, महिलातर्फ रञ्जु भट्टराई, प्रेमपूर्ण योगी र सुशीला दर्लामी छानिएका छन् । रुपन्देहीको क्षेत्र नम्वर ३ र ४ मा भने सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन गरिएको छ । निर्वाचनको मतगणना जारी छ । क्षेत्र नम्वर ३ बाट महिलामा ममता पौडेल र उमा अधिकारी निर्विरोध चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर