OSNepal शनिबार, मंसिर ११ २०७८

पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध सिलिन्डरसहित प्रदर्शन

पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध सिलिन्डरसहित प्रदर्शन

  • OSNepal
  • आइतबार, कार्तिक २८ २०७८


पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध सिलिन्डरसहित प्रदर्शन
Reading Time: < 1 minute

काठमाडौं, २८ कात्तिक-सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धिको खारेजको माग गर्दै प्रदर्शन भएको छ । काठमाडौंमा विभिन्न दलनिकट विद्यार्थीहरूले प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट सिलिन्डर बोकेर प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरूले सिलिन्डरमा विभिन्न पर्चा टाँसेका थिए । पर्चामा ‘मलाई किन यति अमूल्य बनायौँ ?, गरिब जनताको घरमा म कसरी बल्ने ?, मलाई बल्न देउ’, लेखिएको थियो ।

सरकारले केही समयअघि खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएपछि निरन्तर आन्दोलन जारी छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड