अभिनेता अक्षय कुमारले बलिउडमा गर्दे छन् कमाल — OSNepal

अभिनेता अक्षय कुमारले बलिउडमा गर्दे छन् कमाल

LC (KTM) November 14, 2021 0

मुम्बई । अक्षय कुमारको प्रमुख भूमिका रहने चलचित्र ‘ओ माइ गड २’ बन्ने भएको छ । सन् २०१२ मा बनेको ‘ओ माइ गड’ बलिउड सफल चलचित्र हो । अभिनेता मिथुन चक्रवती, अक्षय कुमार र परेश रावलको मुख्य भूमिका रहेको यो चलचित्रले व्यवसायिक सफलतासँगै आलोचना पनि निकै खेप्नुपरेको थियो ।

धर्मका नाममा अभ्यासमा रहेका कुरीतिमाथि प्रहार गरेकाले यो चलचित्र विवादमा परेको थियो । भिन्न शैलीको प्रस्तुति र कथा भएको ‘ओ माइ गड’ गम्भीर विषयमा बनेको हास्यप्रधान चलचित्र हो । यो चलचित्र अझै पनि भारतीयबीचमा निकै लोकप्रिय छ । चलचित्र बनेको झण्डै एक दशकपछि ‘ओ माइ गड’ को सिक्वल ‘ओ माइ गड २’ बन्ने भएको हो । यो चलचित्रमा अक्षय कुमारसँगै पंकज त्रिपाठी र अभिनेत्री यामी गौतम पनि देखिने छन् ।

‘ओ माइ गड’ अन्धविश्वास र धार्मिक कट्टरतामा आधारित थियो । यो चलचित्र भारतीय शिक्षा प्रणालीका मुद्दामा आधारित हुनेछ । चलचित्रमा भगवान कृष्णको भूमिका अक्षय कुमारले खेल्ने छन् । सौर्य दैनिकमा खबर छ । अघिल्लो भागमा महत्वपूर्ण भूमिकामा दर्शकको मन जितेका परेश रावलको भने यस चलचित्रमा नदेखिने जनाइएको छ ।

आश्विन वरदेको प्रोडक्सनमा बन्न लागेको यो चलचित्र अमित राईको निर्देशनमा बन्न लागेको हो । हास्यव्यंग्य ‘ओ माई गड २’ को अहिले छायांकनको काम भइरहेको जनाइएको छ । ‘ओ माइ गड २’ को कथा चलचित्रले विद्यार्थीमा परीक्षाको दबाब र कलेज भर्नाजस्ता शैक्षिक विषयलाई प्रस्तुत गर्ने निर्माण पक्षको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर