आज थप ३०६ जनामा कोरोना सङ्क्रमण पुष्टि,६ जनाको मृत्यु — OSNepal

आज थप ३०६ जनामा कोरोना सङ्क्रमण पुष्टि,६ जनाको मृत्यु

LC (KTM) November 14, 2021 0

काठमाडौँ, २८ कात्तिक – थप ३०६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा आठ हजार आठजनाको पिसिआर परीक्षण गर्दा २९१ जना र एक हजार ५९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी ३०६ जनामा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएका सँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या नौ लाख १२ हजार ५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३४८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै सात लाख ९८ हजार २७४ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार २१५ जना रहेका छन् । जसमध्ये ६ हजार ६९९ जना होम आइसोलेशनमा रहेका छन् भने ५१६ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

मन्त्रालयका अनुसार कोरोनाका बिरामीमध्ये २२२ जना आइसियू र ६७ जना भेन्टिलेटरमा उपचारमा छन् । दश वर्षमुनिका ६ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एघारदेखि २० वर्ष उमेर समूहका २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४७७ पुगेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर