‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशन’को ट्यालेन्ट राउण्ड सम्पन्न — OSNepal

‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशन’को ट्यालेन्ट राउण्ड सम्पन्न

LC (KTM) November 14, 2021 0

काठमाडौँ । ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल २०२१’ का प्रतियोगीले आ–आफ्नो प्रतिभा देखाएका छन् । प्रतियोगिताको ट्यालेन्ट शो अन्तर्गत उनीहरुले नृत्य, गायन, बक्तित्वकला जस्ता बिभिन्न बिषयमा आफ्नो प्रतिभा देखाएका हुन् ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.ली आयोजक रहेको प्रतियोगीतमा १२ छात्र र १५ छात्रा प्रतिस्पर्धामा रहेका छन् । ट्यालेन्ट राउण्डको निर्णायकमा नृत्य निर्देशक राजु महर्जन, मेकअप आर्टिस झुमा थापामगर, गायक सुरज थापा, पत्रकार कुवेर गिरी रहेका थिए ।

९ बर्षदेखि १५ बर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको प्रतिभा निखार्ने उदेश्यले आयोजित प्रतियोगीताको ट्यालेन्ट राउण्डका प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन् ।प्रतियोगीताको अन्तिम स्पर्धा आगामी मंसिर ११ गते जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुँदैछ ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल, कोरियोग्राफर राज फैजुको कोरियोग्राफी र श्रीषा बैदार फैजुको डिजाइन रहेको आकर्षक परिहनमा प्रतियोगी र्याम्पमा उत्रिनेछन् ।प्रतियोगीताको शिर्ष विजेताले उपाधिको साथ यसै बर्ष इन्डोनेशियाको बालीमा आयोजना हुने ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसरका अलवा बिभिन्न उपहार समेत प्राप्त गर्नेछन् । प्रतियोगितामा बिभिन्न उप–विजेता समेत छानिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर