संरक्षित वन्यजन्तुको आखेटोपहार बेचबिखन गर्न ल्याएको अवस्थामा ललितपुरका दिनेश पक्राउ — OSNepal

संरक्षित वन्यजन्तुको आखेटोपहार बेचबिखन गर्न ल्याएको अवस्थामा ललितपुरका दिनेश पक्राउ

LC (KTM) November 14, 2021 0

काठमाडौँ २८ कात्तिक । संरक्षित वन्यजन्तुको जस्तो देखिने छाला (आखेटोपहार) सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ बस्ने ललितपुर महांकाल गाउँपालिका-५ चन्दपुर घर भएका २८ वर्षीय दिपेश तिमल्सिना रहेका छन् ।

संरक्षित वन्यजन्तु कस्तुरीको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले महानगरपालिका-१४ बल्खुबाट एक थान आखेटोपहार र ४ थान छालाका टुक्रा सहित दिनेशलाई पक्राउ गरेको हो ।

निजलाई थप कारवाहीको लागी डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाइएको ब्युरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर