देउवालाई लक्षित गर्दै थापाले भने - अदालतमा भइरहेको विषयमा मौन बसे कांग्रेस र व्यवस्था दुबैले ठूलो मूल्य चुकाउनुपर्छ — OSNepal

देउवालाई लक्षित गर्दै थापाले भने – अदालतमा भइरहेको विषयमा मौन बसे कांग्रेस र व्यवस्था दुबैले ठूलो मूल्य चुकाउनुपर्छ

LC (KTM) November 14, 2021 0

काठमाडौं २८ कात्तिक । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री गगन थापाले वर्तमान सयमा सर्वोच्च अदालतमा देखा परेको विवादमा मौन बसे आफ्नो पार्टीले ठुलो मुल्य चुकाउनुपर्ने बताएका छन् ।

आइतबार बसेको पार्टीको केन्द्रिय कमिटिको बैठकमा सहभागी भएका नेता थापाले प्रधानमन्त्री समेत रहेका पार्टीका सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै सर्वोच्चको विषयमा मौन बसे पार्टीले ठुलो मुल्य चुकाउनु पर्ने बताएका हुन् ।

‘अदालतमा जे भइरहेको छ, त्यसमा हामी यत्तिकै बस्यौं भने कांग्रेस र व्यवस्था दुबैले ठूलो मूल्य चुकाउनुपर्छ ’बैठकमा नेता थापाले भने ।

सर्वोच्चा अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गर्दै कात्तिक १४ गते देखि विरोध कार्यक्रमहरु भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर