OSNepal बिहिबार, मंसिर १६ २०७८

सहमतिबाटै पार्टीलाई अगाडि बढाउनुपर्छ : अध्यक्ष थापा

सहमतिबाटै पार्टीलाई अगाडि बढाउनुपर्छ : अध्यक्ष थापा

  • OSNepal
  • सोमबार, कार्तिक २९ २०७८


सहमतिबाटै पार्टीलाई अगाडि बढाउनुपर्छ : अध्यक्ष थापा
Reading Time: < 1 minute

दमक-राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले पार्टीभित्रको विवाद समाधान हुँदै गएको र सहमतिबाट नै पार्टी अघि बढ्नुको विकल्प पनि नभएकाले एकताको सन्देश दिन आफू झापा आएको बताउनुभएको छ । पार्टीको प्रदेश नं १ कार्य समितिको प्रथम एकता अधिवेशनको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “झापा राप्रपाको मुटु हो, झापाले सिङ्गो देश हाँक्ने सामथ्र्य राख्र्छ ।”

कार्यक्रममा झापा क्षेत्र नं ३ का सङ्घीय सांसद तथा नेता राजेन्द्र लिङ्देनले पार्टीमा नेतृत्वले योजना बताउन नसकेका कारण आफू भूमिकाविहीन हुन पुगेको भन्दै शीर्ष नेतृत्वले आफूलाई चिन्न नसकेको भन्दै दुःखसमेत व्यक्त गर्नुभयो ।

प्रदेश नं १ का अध्यक्ष राम थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश १ का १४ जिल्लाका पार्टी प्रतिनिधि तथा पर्यवेक्षकको उपस्थिति रहेको थियो । सोमबारसम्म चल्ने राप्रपाको प्रदेश अधिवेशनको बन्द सत्रले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । राप्रपाले आज एकै दिन देशभरका सातै प्रदेशमा अधिवेशन गरेको छ । राप्रपाले आगामी मङ्सिर ११, १२ र १३ गते केन्द्रीय अधिवेशनको गर्ने तय गरेको छ । (रासस) :

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड