दार्चुलाबाट एमाले महाधिवेशनका लागि १२ जना छनोट — OSNepal

दार्चुलाबाट एमाले महाधिवेशनका लागि १२ जना छनोट

LC (KTM) November 15, 2021 0

दार्चुला, २९ कात्तिक – नेकपा (एमाले) ले दशौँ महाधिवेशनका लागि दार्चुलाबाट १२ प्रतिनिधिको टुंगो लगाएको छ । संगठित सदस्यको संख्याका आधारमा दार्चुलाबाट १२ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको एमाले जिल्ला अधिवेशन आयोजक कमिटी सचिव ज्ञानेन्द्रसिंह घर्तीले जानकारी दिए ।

जिल्ला अध्यक्ष रामदत्त जोशी, सचिव ज्ञानेन्द्र घर्ती, प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा, नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी छानिएका छन् । एमाले मार्मा गाउँ कमिटी इन्चार्ज देवसिंह महर र नेता हरदेव जोशी पनि महाधिवेशन प्रतिनिधि बनेका छन् ।

महिलातर्फ अपिहिमाल गाउँपालिकाका उपाध्यक्ष उर्मिला बोहरा, मालिकार्जुन गाउँपालिका उपाध्यक्ष मेनुका अवस्थी, महाकाली नगरपालिकाबाट दुर्गा धामी र दुहूँ गाउँपालिकाबाट गौरी बडाल छनोट भए ।

दलिततर्फ शैल्यशिखरबाट लालबहादुर विक र लेकम गाउँपालिकाबाट दानीराम पार्की महाधिवेशन प्रतिनिधि बनेका छन् । दार्चुलामा एमालेका ६ हजार ६ सय ७९ संगठित सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर