बाँदरले अन्नबाली सखाप पार्छ, तर राहत ? — OSNepal

बाँदरले अन्नबाली सखाप पार्छ, तर राहत ?

LC (KTM) November 15, 2021 0

तनहुँ, २९ कात्तिक – यसपाली कात्तिकको सुरुवातमा भएको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्‍याएकाे छ । किसानलाई राहत दिनलाई तीनै तहका सरकारले क्षतिको विवरण संकलन गरिरहेका छन् ।

व्यास नगरपालिकाले गरेको पहिलो चौमासिक सार्वजनिक सुनवाइमा बोल्दै व्यास-१ का नवराज न्यौपानेले बाँदर पीडित किसानले किन राहत नपाउने ? भन्दै प्रश्न गरे । ‘पानीले धान क्षति गर्दा राहत पाइन्छ । तर बाँदरले मेराे तीन रोपनी खेतकाे मकै सक्यो क्षतिपूर्ति पाइँदैन, उनले साेधे ।

बाँदर नियन्त्रणमा स्थानीय सरकार उदासिन भएको उनको आरोप छ । बाँदर नियन्त्रणमा नगरपालिकाले उपकरणकाे वाचा गरे पनि पूरा नभएकाे उनले बताए । राहत विषयलाई मेयर बैकुण्ठ न्यौपानेले सामान्य रुपमा लिए । उनले फिस्स हाँस्दै भने, ‘बाँदरले क्षति पुर्‍याउँदा राहत दियौँ भने थामी नसक्नु होला ।’

बाँदरले किसानलाई हैरान बनाएको यो प्रतिनिधिमुलक आवाज मात्र हो । गाउँगाउँमा किसानले लगाएको अन्नबाली बाँदरले सखाप पारेको छ । तर, बाँदर नियन्त्रणमा स्थानीय सरकारको चासो छैन ।

व्यास-१ का श्रीकृष्ण पन्थले विकासका योजना समयमै सुरु नहुँदा वर्षेनि बजेट फ्रिज भइरहेको बताए । एमाले व्यास नगर कमिटी अध्यक्ष वीरेन्द्र अधिकारीले बजेट वितरण समानुपातिक नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर