OSNepal मंगलबार, मंसिर १४ २०७८

अस्ट्रेलियाले न्युजिल्यान्डलाई आठ विकेटले हरायो

अस्ट्रेलियाले न्युजिल्यान्डलाई आठ विकेटले हरायो

  • OSNepal
  • सोमबार, कार्तिक २९ २०७८


अस्ट्रेलियाले न्युजिल्यान्डलाई आठ विकेटले हरायो
Reading Time: < 1 minute

काठमाडौं, २९ कात्तिक । मिचेल मार्स र डेविड वार्नरको आक्रामक ब्याटिङ प्रेरित अस्ट्रेलियाले न्युजिल्यान्डलाई आठ विकेटले पराजित गर्दै पहिलो पटक टी – २० विश्वकपको उपाधि उचालेको छ ।

दुबईमा आइतबार सम्पन्न फाइनलमा मार्स र वार्नरले अर्धसतकीय इनिङ खेलेपछि न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य सात बलअघि नै पूरा गर्दै अस्ट्रेलिया पहिलो पटक टी(२० विश्वकपको उपाधि उचाल्न सफल भएको हो ।

टी(२० विश्वकपको सातौं संस्करण सम्पन्न हुँदा वेस्ट इन्डिजले दुई पटक उपाधि जितेको छ भने यसअघि भारत, इङल्यान्ड, पाकिस्तान र श्रीलंकाले १(१ पटक उपाधि जितेका थिए । एकदिवसीय विश्वकपमा पाँच पटक च्याम्पियन भइसकेको अष्ट्रेलियाले यसअघि २० ओभरको विश्वकपमा भने बाजी मार्न सकेको थिएन ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका मार्सले दोस्रो विकेटका लागि वार्नरसँग ९२ बलको साझेदारी गरे । वार्नरले ५३ रन बनाएर भने मार्सले अविजित ७७ रन बनाए ।

यसअघि कप्तान केन विलियम्सनले कप्तानी इनिङ खेल्ने क्रममा ८५ रनको अर्धसतकीय इनिङ खेलेपछि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले चार विकेट गुमाएर १७२ रनको योगफल बनाएको थियो ।

अस्ट्रेलियाका लागि हेजलउडले चार ओभरमा १६ रन खर्चिँदै तीन विकेट लिए । अष्ट्रेलियाको जितसंगै पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्डको पहिलो पटकमै उपाधी जित्ने योजना सफल हुन सकेन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड