OSNepal आइतबार, मंसिर १२ २०७८

एकादशी बजार भर्न ककनी हिँडेकाे जीप दुर्घटना, हताहतिकाे आशंका

एकादशी बजार भर्न ककनी हिँडेकाे जीप दुर्घटना, हताहतिकाे आशंका

  • OSNepal
  • सोमबार, कार्तिक २९ २०७८


एकादशी बजार भर्न  ककनी हिँडेकाे जीप दुर्घटना, हताहतिकाे आशंका
Reading Time: < 1 minute

ओखलढुंगा, २९ कात्तिक-एकादशी बजार भर्न ककनी बजार जाँदै गरेको बोलेरो जीप सुनकोशी गाउँपालिकामा दुर्घटनामा परेको छ । ओखलढु‌ंगाबाट ककनी बजार जाँदै गरेको बोलेर साेमबार बिहान जौबारी सडकबाट करिब सय मिटर तल खोल्सामा खसेकाे वडा अध्यक्ष झनक कार्कीले पुष्टि गरे ।

दुर्घटनामा परी केही यात्रुकाे हताहती भएकाे प्रारम्भिक जानकारी प्राप्त भए पनि यकीन विवरण आइसकेकाे छैन । बोलेरोमा कति सवारी थिए भन्ने बारेमा औपचारिक पुष्टि हुन बाँकी छ ।

प्रहरी चौकी कोषहाटकाे टोली घटनास्थल पुगेको छ । दुर्घटनामा परेकाको उद्धार कार्य जारी रहेको वडाअध्यक्ष कार्कीले जानकारी दिए ।

दुर्घटनामा परेको गाडी सुनकोशी गाउँपालिका वडा नम्बर ८ का सुमन बोगटीको रहेको स्थानीयले बताएका छन् । सिद्धिचरण नगरपालिका-१० रुप्सेका स्थानीय चम्पादेवी ककनीको दर्शन गर्न सोमबार बिहानै हिँडेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड