OSNepal मंगलबार, मंसिर १४ २०७८

आज पनि देशभर विरोध प्रदर्शन गर्दै नेपाल बार, प्रधानन्यायाधीशलाई छेक्ने रणनीति

आज पनि देशभर विरोध प्रदर्शन गर्दै नेपाल बार, प्रधानन्यायाधीशलाई छेक्ने रणनीति

  • OSNepal
  • सोमबार, कार्तिक २९ २०७८


आज पनि देशभर विरोध प्रदर्शन गर्दै नेपाल बार, प्रधानन्यायाधीशलाई छेक्ने रणनीति
Reading Time: < 1 minute

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसन आज सोमबार पनि मुलुकभरका ९० बार इकाईमा विरोध प्रदर्शन गर्दैछ।

आइतबारझैँ आज पनि काठमाडौं उपत्यकाका सबै बार इकाईबाट सर्वोच्च अदालतमा उपस्थित भएर प्रधानन्यायाधीश जबराविरुद्ध विरोध गरिने बारका महासचिव लीलामणि पौडेलले बताए।

प्रधानन्याधीशलाई सर्वाेच्च प्रवेशमै रोक लगाउने भन्दै बार आइतबारदेखि गेटमै प्रदर्शन गर्दै आएको छ। आज पनि मध्यान्न १२ बजेसम्म देशभरका सबै अदालतमा विरोधका कार्यक्रम रहेको उनले बताए। बारले २२ देखि ३० सम्मका लागि दोस्रो चरणको आन्दोलन घोषणा गरेर प्रदर्शन गरिरहेको छ।

प्रधानन्यायाधीश जबरा भने इजलास तोक्दै आएका छन् । बारले प्रधानन्यायाधीशद्वारा तोकिएका इजलासमा नजान आग्रह गर्दै सर्वोच्च अदालतका सबै न्यायाधीशलाई पत्र पठाइसकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड