बुबा साउदीमा धन कमाउन जाँदा एता ४ र ५ वर्षका छोराहरुको विष सेवनबाट रहस्यमय मृत्यु, परिवारमा रुवावासी — OSNepal

बुबा साउदीमा धन कमाउन जाँदा एता ४ र ५ वर्षका छोराहरुको विष सेवनबाट रहस्यमय मृत्यु, परिवारमा रुवावासी

LC (KTM) November 15, 2021 0

काठमाडौं २९ कात्तिक । रौतहटमा दुई बालकको विष सेवनबाट ज्यान गएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ५ टिकुलियाका संजय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय छोरा विकास विष सेवनबाट ज्यान गएको हो ।

वैदेशिक रोजगारीको शिलशीलामा मृतक बालकका पिता भने साउदीमा रहेका र उनीहरु आफ्ना आमा र हजुर आमासँग बस्दै आएका थिए ।

मृतक बालकहरुले शनिबार घरमा एक्काशी वाँता गरेपछि उनीहरुलाई उपचारको लागि गरुडा स्थित एउटा निजि अस्पतालमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि वीरगञ्जस्थित तराई अस्पतालमा लगिएको थियो ।

पछि उनीहरुको उपचारको क्रममा दुवै ज्यान गएको इलाका प्रहरी कार्यालय देशवासी गोनाहीले जनाएको छ । प्रहरीको प्रारम्धीक अनुशन्धान अनुसार पुरानो रिसीइवीका कारण कसैले विष सेवन गर्न दिएको खुल्न आएको छ ।

यस घटनाको सत्य तत्थ्य   चाँडै नै  पत्ता लगाउने प्रहरीले जनाएको  छ  । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर