पत्रकार कुशलवलाई कुखुरी प्रहार गर्ने व्यक्ति अहिलेसम्म किन समातिएनन् ? — OSNepal

पत्रकार कुशलवलाई कुखुरी प्रहार गर्ने व्यक्ति अहिलेसम्म किन समातिएनन् ?

LC (KTM) November 15, 2021 0

काठमाडौँ । अनलाइन टिभी पत्रकार संघका उपाध्यक्ष कुशलव केसीलाई खुकुरी प्रहार गर्नेहरुलाई पक्राउ गर्ने प्रतिवद्धता प्रहरीले व्यक्त गरेको छ । अनलाइन टीभी पत्रकार संघका उपाध्यक्ष कुशलव केसीलाई खुकुरी प्रहार गर्नेहरुलाई पक्राउ गर्ने प्रतिवद्धता प्रहरीले व्यक्त गरेको छ ।

दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै भक्तपुरमा आइतबार आयोजना गरिएको विरोध प्रदर्शनपछि प्रहरीले यस्तो प्रतिवद्धता जनाएको हो ।
घटना भएको १८ दिनसम्म पनि प्रहरीले दोषीलाई पक्राउ नगरेको भन्दै अनलाइन टीभी पत्रकार संघको नेतृत्वमा आइतबार ठिमी प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय भक्तपुरमा बृहत विरोध प्रदर्शन भएको थियो ।

ठिमी प्रहरी कार्यालयका प्रमुख डिएसपी नरहरि रेग्मीसहितले तीन दिन भित्रमा दोषीलाई पक्राउ गर्ने प्रतिवद्धता जनाउनु भएको घाइते पत्रकार केसीले जानकारी दिनुभयो । यही कात्तिक ११ गते बिहीबार विहान भक्तपुरको बालकोटमा समाचार संकलनका क्रममा पत्रकार केसी माथी खुकुरी प्रहार भएको थियो ।

खुकुरी लागेर पत्रकार केसीसहित अरु तीन जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार गरिएको थियो । घाइतेहरुले घटना भएकै दिन ठिमी प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले आलटाल गरेपछि भोलीपल्ट शुक्रबार मात्रै उजुरी दर्ता भएको थियो ।

स्थानीय विष्णु कार्कीलगायतको संलग्नतामा खुकुरी प्रहार भएको भिडियोसहितको जाहेरि दर्ता गरिएको घाइते पत्रकार केसीले जानकारी दिनुभयो ।
करोडौको लेनदेखको विषयमा दुई पक्षका बीचमा विवाद भएको समाचार संकलन गर्ने क्रममा पत्रकार केसीमाथी खुकुरी प्रहार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर