हुण्डी कारोबारमा संलग्न कालीमाटी बस्ने २५ वर्षीय अमर मोटो रकमसहित पक्राउ — OSNepal

हुण्डी कारोबारमा संलग्न कालीमाटी बस्ने २५ वर्षीय अमर मोटो रकमसहित पक्राउ

LC (KTM) November 15, 2021 0

काठमाडौँ २९ कात्तिक । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक् जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिमाटी बस्ने सप्तरी मलेपुर गाउँपालिका-५ वतन भएका २५ वर्षीय अमर नारायण दास रहेका छन् । लाई नगद १६ लाख २० हजार ९ सय रुपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कालिमाटी क्षेत्रमा हुण्डी कारोबार भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई नगद १६ लाख २० हजार ९ सय रुपैयाँ सहित शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

थप कारवाहीको लागि निजलाई राजश्व अनुसन्धान विभाग पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर