जोरपाटीबाट ५ जना जुवाडे पक्राउ — OSNepal

जोरपाटीबाट ५ जना जुवाडे पक्राउ

LC (KTM) November 15, 2021 0

काठमाडौँ २९ कात्तिक । तास खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका-८ जोरपाटी बेसीगाँउस्थित मिना कुमारी श्रेष्ठको टहरामा तास खेलिरहेको अवस्थामा आइतबार दिउँसो प्रहरीले सोही टहरामा डेरा गरी बस्ने सोलुखुम्बु घर भएका २६ टासी शेर्पा लगायत ५ जनालाई पक्राउ गरेको हो ।

गोप्य सुचनाको आधारमा उक्त स्थान पुगेको महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुको साथबाट नगद ४७ हजार ७ सय ८५ रुपैयाँ र ३ बुक तास समेत बरामत गरेको छ ।

यस विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर