प्रधानन्यायाधीशलाई बारको जवाफ : वार्ता होइन राजीनामा दिनुस्, वार्ता अब नयाँ नेतृत्वसँग मात्र हुन्छ — OSNepal

प्रधानन्यायाधीशलाई बारको जवाफ : वार्ता होइन राजीनामा दिनुस्, वार्ता अब नयाँ नेतृत्वसँग मात्र हुन्छ

LC (KTM) November 15, 2021 0

काठमाडौं २९ कात्तिक । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरासाग वार्ता गर्न अस्विकार गरेका छन् ।

सोमबार जवराले एक विज्ञप्ती जारी गर्दै संवादको लागि आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरुलाई आह्रान गरेका थिए । त्यस लगत्तै बसेको कानुन व्यवसायीहरुको बैठकले वार्ता नजाने निष्कर्ष निकालेको हो ।

नेपाल बार एशोसिएसनको अगुवाईमा भएको राजीनामा माग गर्दै भएको विरोध गत कात्तिक १४ गते देखी सर्वोच्च अदालतको परिसरमा भइरहेको छ । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै भनेका छन्, ‘तपाईसँग वार्ता हुन सक्दैन, तपाई राजीनामा गर्नुस् ।’

अब आफुहरु नयाँ नेतृत्वको लागि मात्र वार्ता आउने भन्दै राजीनामा दिए हुने बताएका छन् । त्यसै गरी सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले पनि जबराले राजीनामा दिएपछि मात्र नयाँ नेतृत्वसँग मात्र वार्ता गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर