बलिउडमा डेब्यु गर्ने तयारीमा शनाया — OSNepal

बलिउडमा डेब्यु गर्ने तयारीमा शनाया

LC (KTM) November 15, 2021 0

कलाकार संजय कपुरकी छोरी शनाया कपुर चाँडै नै बलिउडमा डेब्यु गर्ने भएकी छिन् । बलिउडमा इण्ट्रि मार्नु अघि शनाया इन्टरनेटमा पुरै छाएकी छिन् । शनाया धेरै जसो गरेर आफ्नो फोटोशुट इन्ष्टाग्राममा हाल्ने गर्छिन् । अहिले उनले केही नयाँ तस्बीर शेयर गरेकी छिन् ।

जुन फोटोमा उनी एकदमै राम्री देखिएकी छिन् । यो तस्बीरमा शनाया कपुरले सिक्विनवाला सुन्दर ब्ल्याक ड्रेस लगाएकी छिन् । त्यसमाथि उनले ब्राउन कलरको फोक्स फर ज्याकेट लगाएकी छिन् । शनायाले घाँटीमा सुनको चेन लगाएकी छिन ।

उनको यो ब्ल्याक ड्रेस तथा ज्याकेट डिजाइनर ऋतु कुमारको अटमन विन्डर २०२१ कलेक्शन बाट रहेको छ । उनले यो ड्रेसको साथमा आँखामा गाजल लगाएकी छिन् । साथै ओठमा कोरल लिपस्टिक लगाएकी छिन् भने हातमा ल्यादर ब्याग बोकेकी छिन् । ऋतु कुमारको अफिसियल वेबसाइटमा यो लुगाको मुल्य ९ हजार ५ सय रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर