होटलै बुक गर्न थालेपछि, हलै बुक हुन थालेपछि बल्ल अधिवेशन हुन्छ भनेर ढुक्क लागेको छ : गगन — OSNepal

होटलै बुक गर्न थालेपछि, हलै बुक हुन थालेपछि बल्ल अधिवेशन हुन्छ भनेर ढुक्क लागेको छ : गगन

LC (KTM) November 15, 2021 0

काठमाडौं २९ कात्तिक । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको १४ औं महाधिवेशन हुनेमा आफु विश्वस्त भएको बताएका छन् ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेता थापाले होटलै बुक गर्न थालेपछि, हलै बुक हुन थालेपछि बल्ल आफुलाई अधिवेशन हुने ढुक्क भएको बताएका छन् ।

‘होटलै बुक गर्न थालेपछि, हलै बुक हुन थालेपछि बल्ल अधिवेशन हुन्छ भनेर साथीहरुलाई ढुक्क भएको छ । कतिपय ठाउँमा महाविधेशन सम्पन्न भएको छ, कतिपय ठाउँमा अझैँ विवाद छ । केही साथीहरु अनशन बसिरहनुभएको छ । केही साथीहरु अनशन बस्ने तयारीमा हुनुहुन्छ ’ थापाले भने ।

कार्यक्रममा उनले महाधिवेशनबाट १३ लाख मतदाता थप्न सफल भए आगामी निर्वाचनमा पहिलो एकल पार्टी हुने पनि दावी गरेका छन् । साथै कार्यक्रममा थापाले अदालत स्वतन्त्र र न्यायालय शुद्ध हुनुपर्ने बताएका छन् ।

अदालतभित्रको नेतृत्व नै विचलित भयो भने त्यहाँभित्र न्याय मर्छ र स्वतन्त्र न्यायपालिका र न्यायालयको लागि कांग्रेस लड्छ भन्ने कुराको विश्वास गरेर एउटा मतदाताले रूख चिन्हमा मत हाल्ने थापाको तर्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर