पृथ्वीमा लकडाउन, कोरोना महामारी बढेका बेला १ सय ३० पाहुना सहित आकाशमा धुमधामले गरियो विबाह, हेर्नुहोस् यो भाइरल भिडियो — OSNepal

पृथ्वीमा लकडाउन, कोरोना महामारी बढेका बेला १ सय ३० पाहुना सहित आकाशमा धुमधामले गरियो विबाह, हेर्नुहोस् यो भाइरल भिडियो

LC (KTM) May 26, 2021 0

काठमाडौं। कोरोना महामारीमा विश्व नै यतिबेला थलिएको छ । विश्वभर ठूलो संख्यामा संक्रमितहरु बढीरहेका छन् । कतिले परिवार गुमाइरहेका छन् त कति भने रमाइलोमा छन् । कतिपयले भने धुमधमले विबाह गरिरहेका छन् । जसमध्ये हालै एउटा विबाह आकाशमा गरियो । खबर हो तमिलनाडुको ।

जहाँ एक जोडील्े ले १ सय ३० जना आफन्त बोलाएर आकाशमा विबाह गरेको हो । २४ मे देखि ३१ मेसम्म पूर्ण लकडाउनको घोषणा गरेको समयमा तमिलनाडुको मदुरैका राकेश र दीक्षाले एक विमान भाडामा लिए र १३० आफन्तको साथमा आकाशमा नै विबाह गरेपछि अहिले तस्विर संसारभर भाइरल बनिरहेका छन् ।

दम्पतीले आफूसँग बिहेमा सहभागी भएका १३० जना सबै आफन्त भएको र उनीहरुमध्ये कोही पनि संक्रमित नभएको पुष्टि भए पछि विमानमा चढ्ने अनुमती दिएको बताइएको छ । जुन भिडियो अहिले सामाजिक संजालमा पनि भाइरल बनिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर