बलिउड नायिका मल्लिका शेरावत कस्टिंग काउचको शिकार भएको खुलासा — OSNepal

बलिउड नायिका मल्लिका शेरावत कस्टिंग काउचको शिकार भएको खुलासा

LC (KTM) November 15, 2021 0

बलिउडको कामुक हिरोइनका रुपमा चिनिएकी मल्लिका शेरावत पछिल्लो समयमा ठुलो पर्दा बाट एकदमै टाढा रहेकी छिन् । हालै उनले एक च्यानलमा अन्र्तबार्ता दिएकी थिईन् । उक्त अन्र्तबार्ता एकदमै चर्चामा रह्यो । उनी ठुलो पर्दा बाट टाढा बस्नुका बिभिन्न कारण बारे पनि बताएकी छिन् ।

साथै उनले आफु माथि भएको कास्टिंग काउचको अनुभव बारे पनि एकदमै खुलेर बताएकी छिन् । यति मात्र हैन उनले आफुले केटा को–स्टार्स संग पटक पटक खराब स्थितीको सामना गर्नु परेको समेत बताएकी छिन् । मल्लिकाले आफ्नो करियरमा एकदमै बोल्ड च्वाइज गरेकी छिन् । आफ्नो करियरको दौरानमा उनले ख्वाहिश तथा मर्डर जस्ता फिल्महरु दिएकी छिन् ।

सधै उनलाई बोल्ड शिनका लागि नै चिनिने गरेको थियो । केवल दर्शकले मात्र हैन मिडिया को स्टार्स समेतले मल्लिका लाई गलत तरिकाले नै मुल्यांकन गर्ने गरेका थिए । कतिपयले त मल्लिकालाई अफस्क्रीन कम्प्रमाइजका लागि समेत सोधेका थिए । उनले भनेकी छिन्– मैले प्रत्यक्ष यस्तो फेस त गरिन् । स्टारडम मेरो लागि एकदमै सामान्य रह्यो ।

म एकदमै भाग्यमानी थिए यस्ता कुराहरु आफै चल्दै गए । म मुम्बई आए । मलाई ख्वाहिश तथा मर्डर फिल्म मिल्यो । मलाई ज्यादा संघर्ष गर्नै परेन् । तर फिल्म पछि मेरो चित्रण नै बोल्ड सिनको लागि बन्यो । मेरो यस उद्योगमा बोल्ड इमेज बन्यो । धेरै केटा कलाकारहरुले त आफुलाई अनस्क्रीन बोल्ड हुन सक्दा अफस्क्रीन बोल्ड किन नहुने भनेर समेत सोध्ने गर्थे ।

उनले आफुले एकदमै धेरै पटक यौन उत्पिडनको सामना गर्नु परेको बताईन् । धेरैले आफु संग सम्बन्ध बनाउन समेत अफर गरेको उनले खुलाइन् । तर उनले बलिउडका लागि आफु बोल्ड सिनमा उद्धारहुन नभई करियर बनाउन आएको बताईन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर