अवैध लागु औषध खैरो हिरोइनसहित १९ वर्षीय सन्देश पक्राउ — OSNepal

अवैध लागु औषध खैरो हिरोइनसहित १९ वर्षीय सन्देश पक्राउ

LC (KTM) November 15, 2021 0

काठमाडौं २९ कात्तिक । अवैध लागु औषध खैरो हिरोइन सहित प्रहरीले एक जना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका-१ लम्की बसपार्क बस्ने १९ वर्षीय सन्देश पहाडी रहेका छन् ।

ति किशोरलाई गौरीगंगा नगरपालिका-९ शंकरपुरबाट करिब १० ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने वस्तु सहित ईलाका प्रहरी कार्यालय मसुरिया र अस्थाई ट्राफिक प्रहरी पोष्ट मसुरियाबाट खटिएको प्रहरीलेआइतबार दिउँसो पक्राउ गरेको हो ।

उक्त लागु औषध प्रहरीले ति किशोरलाई चेक जाँच गर्ने पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर