सिद्धार्थ शुक्ला संगको पुरानो च्याट अझै पढ्छिन् अभिनेत्री हिना खान — OSNepal

सिद्धार्थ शुक्ला संगको पुरानो च्याट अझै पढ्छिन् अभिनेत्री हिना खान

LC (KTM) November 15, 2021 0

हिना खान तथा सिद्धार्थ शुक्ला बिग बोसको सिजन १४ मा एकै साथ देखिएका थिए । शो मा दुबै जना एकदमै तुफान जस्तै बनेर आएका थिए । हिना र सिद्धार्थको शो मा ट्युनिंग एकदमै राम्रो थियो । बिग बोस पछि पनि उनीहरु एकदमै राम्रो साथी बनेर निस्किएका थिए । तर सिद्धार्थ अब यो संसारमा छैनन् ।

यसैक्रममा हिनाले भने सिद्धार्थ संग बिताएका पुराना पलहरु याद गरेकी छिन् । हिना खानको बुवाको निधन पछि सिद्धार्थ संग उनको कुराकानी भएको थियो । शोकमा रहेकी हिनालाई मुड सहि बनाउनका लागि उनले कुराकानी गरेका थिए । बलिउड हंगामा संग कुरा गर्दै हिनाले भनिन्– सिद्धार्थको मृत्युको खबरले मलाई पुरै हल्लाई दिएको थियो । एकदमै दुखद कुरा थियो ।

म उनको बारेमा धेरै कुरा गर्न चाहान्न मैले कस्तो महसुस गरे भनेर । म यति मात्र भन्छु सिद्धार्थलाई एकदमै धेरै मिस गर्छु । यो दुर्भाग्य पुर्ण भयो अचानक भयो । मलाई याद छ जब मेरो बुवाको निधन भएको थियो त्यतिबेला सिद्धार्थले मलाई फोन गरेका थिए । मैले उनको फोनको जवाफ नै दिईन् । त्यसपछि फेरी म्यासेज गरेका थिए ।

त्यसपछि म दुई तिन मिनेट उनी संग कुरा गरिरहे जब कि म आफुलाई सम्हाल्न र खुशी राख्न सकु । उनले त्यतिबेला गरेको च्याट म सार्वजनिक गर्न सक्दिन तर म सधै उसको च्याट पढिरहन्छु । म यो च्याट उनको परिवार संग शेयर गर्नेछु ता कि परिवारमा मुस्कान आओस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर