यस्ता छन् ज्वानो खानुका अपत्यारीला फाइदै फाइदा — OSNepal

यस्ता छन् ज्वानो खानुका अपत्यारीला फाइदै फाइदा

LC (KTM) November 15, 2021 0

काठमाडौ नेपालीको भान्सामा सजिलै पाईने कुरा हो ज्वानो । यो खाना बनाउदा मात्र हैन औषधीका लागि पनि हामीले यसको प्रयोग गर्न सक्छौ । मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् ।

यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो भने या औषधीकै रूपमा मात्र प्रयोग गर्ने हो भने हाम्रो जीवन स्वस्थ्य रहनेछ । ज्वानोमा रक्सीमा हुने समेत गुण भएकाले पेट दुखाईमा प्रयोग गर्दा तत्काल लाभ हुन्छ । दम रोग लागेकोमा ज्वानोको धुवाँ लिँदा सास फेर्न सहज बनाउँछ ।

मधुमेहमा ज्वानो १ चियाचम्चा ज्वानोको दाना र ४ चियाचम्चा बेलपातको जुस दिनको दुईदेखि तीनचोटी खाँदा मधुमेह नियन्त्रण हुन्छ । ज्वानोमा पेटमा भएका धेरै रोगलाई हटाउने सामथ्र्य छ । वायुविकार र पेट फुल्ने रोगमा जादुगरी औषधी हो ज्वानो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर