भतिजिको जन्मदिन मनाउन पुगेका रिजनको स्थानीय युवाहरुको आक्रमणबाट मृत्यु — OSNepal

भतिजिको जन्मदिन मनाउन पुगेका रिजनको स्थानीय युवाहरुको आक्रमणबाट मृत्यु

LC (KTM) November 15, 2021 0

काठमाडौं २९ कात्तिक । युवाहरुको दुई समुहबिच भिडन्त हुँदा एक जनाको ज्यान गएको छ । मोरङको बूढीगंगा गाउँपालिका ६ कोयलपुरमा युवा युवाबीच झगडा हुँदा इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरामा बस्दै आएका धनकुटा पाख्रीबासका रिजन दाहालको ज्यान गएको हो ।

मदिरा सेवन गरी स्थानीय युवाहरुको कुटपिटबाट दाहालकोे टाउकोमा खुकुरी प्रहार भएको थियो । गम्भिर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैँजादै गर्दा बाटोमा ने ज्यान गएको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

दाहाल आफ्नी भतिजीको जन्मदिन मनाउन उक्त स्थान आइतबार राति पुगेका थिए । जन्मदिनको पार्टीमा मदिरा सेवन गरी स्थानीय युवाहरुको आक्रमणबाट दाहालको ज्यान गएको हो । उत्तः झगडा छुटाउन गएका तिन जना समेत घाइते भएको प्रहरीले जनाएको छ ।

घटना पछि पुगेको प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मृतक दाहालको शव पोष्मार्टमको लागि कोसी अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर