सेवाग्राहीसँग घुस लिँदालिँदै सोनेलाल र उमेशजन पक्राउ — OSNepal

सेवाग्राहीसँग घुस लिँदालिँदै सोनेलाल र उमेशजन पक्राउ

LC (KTM) November 15, 2021 0

सर्लाही, २९ कात्तिक- सेवाग्राहीसँग घुस लिएको आरोपमा सर्लाहीको ईश्वरपुर नगरपालिका–११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश राय पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले वडा सदस्यद्वयलाई लालबन्दी नगरपालिका–७ स्थित कृष्ण इन्टरप्राइजेजबाट सोमबार नियन्त्रणमा लिएको हो ।

काम मिलाइदिन्छु भन्दै एक लाख ५० हजार रुपैयाँ घुस लिएपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर