एक रातको १४ लाख तिरेर मालदिभ्स पुगेर छोरीको जन्मदिन मनाउँदैछन् अभिषेक–ऐश्वर्याले — OSNepal

एक रातको १४ लाख तिरेर मालदिभ्स पुगेर छोरीको जन्मदिन मनाउँदैछन् अभिषेक–ऐश्वर्याले

LC (KTM) November 15, 2021 0

काठमाडौं । १६ नोभेम्बरमा १० वर्ष पुग्न लागेकी छोरी आराध्याको जन्मदिन मनाउन सुन्दरी नायिका ऐश्वर्या राय र अभिषेक बच्चन मालदिभ्स पुगेका छन् ।

यसबारेमा ऐश्वर्याले इन्स्टाग्राममा अभिषेक, आरध्या र आफ्नो तस्विर सहित रिसोर्टको फोटो सेयर गरेपसिछ अहिले उक्त तस्विर भाइरल बनेको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार अभिषेक–ऐश्वर्या बसेको रिर्सोटको
एक रातको भाडा १४ लाख भारु रहेको छ ।

जहाँ रीफ वाटर पूल भिल्ला, सनसेट वाटर पूल भिल्ला, लगून वाटर पूल भिल्ला र मल्टी बेडरुम रेजिडेन्स समावेश रहेका छन् । थुप्रै विलामा नीजि पूल र सी भ्यू पनि समावेश छ जहाँ एक रातको ७६००० देखि १४ लाख भारुसम्म तिर्नुपर्नेछ ।

आफ्नो परिवारको जन्मदिन माल्दिभ्समआ मनाउ रमाउने ऐश्वर्या र अभिषेकले पनि आफ्नो जन्मदिन माल्दिभ्समा नै मनाएका थिए । यसै महिना १ नोभेमबरमा पनि ऐश्वर्या रायको ४८ औं जन्मदिनमा अभिषेकले उनी र आराध्यालाई मालदिभ्स लिएर गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर