अवैध लागूऔषध सहित मकवानपुरका अरुण सिंह ठकुरी नागढुङ्गाबाट पक्राउ — OSNepal

अवैध लागूऔषध सहित मकवानपुरका अरुण सिंह ठकुरी नागढुङ्गाबाट पक्राउ

LC (KTM) November 15, 2021 0

काठमाडौँ २९ कात्तिक । मकवानपुर थाहा नगरपालिका-८ बस्ने ३२ वर्षीय अरुण सिंह ठकुरी चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब १ केजी अवैध लागूऔषध गाँजाको धुलो सहित पक्राउ परेका छन् ।

सोमबार बिहान नागढुङ्गास्थित चेक प्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले त्रिशुलीबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.३-०१-००५ ख ९९४७ नम्बरको बसलाई चेक जाँच गर्ने क्रममा अरुणलाई उक्त लागुऔषधसहित पक्राउ गरिएको हो ।

यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर